नेपाली भुमी लिमी लाप्चा माइकिङ गदै गरेका चीनियाँ सुरक्षाकर्मी । तस्बिर: नरजन तामाङ
मङ्सिर २०८२ - सेप्टेम्बरमा भएको जेनजी विद्रोहपछि चिनियाँ सीमा बलले नेपालका उच्च हिमाली भूभागमा सुरक्षा सतर्कता बढाएको छ । आन्दोलनको बलमा जननिर्वाचित केपी ओलीको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको छ । सरकारमा यसअघि चिनियाँ कम्युनिष्ट पार्टीले सम्बन्ध बिस्तार गरेका राजनीतिक दलहरु हटेको र जेनजी आन्दोलनमा नेपालमा बस्दै आएका केही तिब्बती मुलका नागरिकको समेत संलग्नता भएका समाचार प्रकाशित भएपछि सीमा क्षेत्रमा चिनियाँ निगरानी र चासो बढेको सीमा क्षेत्रका नागरिकले बताएका छन् ।
नाम्खा गाउँपालिका ६ को लाप्चा क्षेत्र लोलुङजोङ नेपाल चीनबीच सीमाकंनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये एक हो । चिनीयाँ पक्षले यो क्षेत्रलाई निषेधित भने पनि विगतदेखि नै त्यहाँ पुगेर नेपालीहरु कैलाश मानसरोवर दुरदर्शन गदै आएको स्थानीय बताउँछन । यही क्षेत्रमा हाल चिनियाँ पक्षाको उपस्थिती बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेको छन् ।
गत असोज ११ गते सदरमुकाम सिमकोटबाट लिमी लाप्चा हुदै मानसरोवर दर्शन गर्न गएका २०‐२२ जना तीर्थयात्रीलाई सादा पोशाकका चिनियाँ सुरक्षाकर्मीले माइकिङ गरेर अघि बढ्न नदिएको सिमकोट गाउँपालिका १ का स्थानीय अविनाश लामाले बताए ।
‘हामी आफ्नै नेपाली भू–भागभित्र थियौँ तर चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न रोक लगाए,’ लामाले भने । उनका अनुसार सिमकोटदेखि ४ वटा बोलेरो जीपमा सवार भएर पुगेका तीर्थयात्रीहरूलाई लिमी लाप्चा नजिकै अघि बढ्न रोक लगाइएको थियो ।
नेपाली भूमी लिमी लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पुगेका सिमकोट गाउँपालिका– ६ का राजु रावतले पनि चिनियाँ पक्षले अवरोध गरेको बताए । चिनियाँ पक्षहरूले माइकिङ गरेर लिमी फिर्ता जान भनेको उनले गुनासो गरे । ‘आग्रह गरेर बल्लतल्ल दुई–दुई जनाका दरले लिमी लाप्चाबाट कैलाश मानसरोवरको दूरदर्शन गर्यौं । तर, केही साथीहरू त दर्शन नै नगरी फर्किनु पर्यो,’ उनले भने ।
नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार कार्तिक महिना लिमि लाप्चा भरमण गएको बेला चिनियाँ सुरक्षाकर्मी माइकिङसहित नेपाली भुमी आएको बताए । वडाध्यक्ष तामाङ, चिनीयाँ सुरक्षाकर्मी भएको ठाउँ तर्फ जादाँ उनीहरु पछि हट्दै गएको बताए । “चीनको ताक्लाकोटबाट माइकिङ हुने, नेपाली भुमी आएर उनीहरुले के गर्न खोजेका हुन हामी पनि उनीहरु सँग संवाद गर्न भनेर उनीहरु भएको स्थान जादाँ उनीहरु विस्तारै चिनीयाँ भुमीतर्फ गए,” वडाध्यक्ष तामाङले भने ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले नेपाली भूमी लिमी लाप्चा दूरदर्शनमा चिनियाँ पक्षले अवरोध गरेको विषयमा गृह प्रशासन र परराष्ट्र मन्त्रालयले नै कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने बताए ।
बेखबर नेपाली प्रशासन
उनले भने, ‘त्यो खुल्ला क्षेत्र हो, परम्परागतरूपमा नेपालीहरू त्यहाँ गएर कैलाश मानसरोवरको दूरदर्शन गर्ने गरेको पाइएको छ, अहिले चिनियाँ सुरक्षाकर्मीले रोक्न खोजेपछि कुरा उठेको हो ।’
रेग्मीका अनुसार भारतका आध्यात्मिक गुरु तथा इशा फाउण्डेसनका प्रमुख सदगुरु जग्गी वासुदेवसमेत मानसरोवरको दूरदर्शनका लागि सो क्षेत्रमा पुगेपछि त्यहाँ चहलपहल बढेको हो।
स्थानीयको गुनासो आएपछि दुई देशबीचको सीमा रेखाको स्पष्टताका लागि गृह मन्त्रालयमा जानकारी गराइएको रेग्मीले बताए ।
‘असोजको दोस्रो सातातिरै हामीले गृहमा जानकारी गराएका छौं, पुरानो सन्धि सम्झौता अनुसार सीमा रेखा स्पष्ट गर्नुपर्ने देखिन्छ त्यस क्षेत्रमा,’ उनले भने ।
सो क्षेत्रमा नजिकै मानव बसोवास छैन । सिमकोटबाट झण्डै ८० किलोमिटर टाढा पर्ने उक्त क्षेत्रमा मानिसको चहलपहल बढेर चिनियाँ सुरक्षाकर्मीको उपस्थिति देखिएको पनि हुनसक्ने रेग्मीको भनाई छ ।
‘सीमा स्तम्भहरू समेत टाढा टाढा हुन्छन्, मानव बसोबास नभएको क्षेत्र हो, त्यहाँ नजिकै चिनियाँ सैनिकको क्याम्प पनि छ, त्यो निषेधित क्षेत्र पनि हो,’ उनले भने ।
सो क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु गर्न सशस्त्र प्रहरीले चिनियाँ सुरक्षाकर्मीसँग समन्वय गरिरहेको दाबी गरे । चिनियाँ पक्षबाट पनि सकारात्मक प्रतिक्रिया आएको रेग्मीको भनाइ छ ।
यस्तो छ विगत
नेपाल–चीन सीमाना जोडिएको लाप्चा क्षेत्र पछिल्लो समय मानसरोवर–कैलाश दर्शन गर्न आउने तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशविन्दु मानिन्छ ।
नेपाल र चीन प्रशासित क्षेत्र तिब्बतबीच सीमा निर्धारणका लागि २०१६ साल चैत ८ गते पहिलो सम्झौता भएको थियो । त्यसको आधारमा वि.सं. २०१८ असोज १९ गते (५ अक्टोबर १९६१) मा सीमा सन्धि भएको थियो । भौतिक सीमांकन कार्य पूरा गरी वि.सं. २०१९ माघ ७ गते (२० जनवरी १९६३) मा सीमा प्रोटोकलमा दुवै देशका प्रतिनिधिले संयुक्त हस्ताक्षर गरेका थिए ।
१० वटा प्रोटोकलमा सीमा सिद्धान्त अपनाइएको छ । २०१८ र १९ सालमा नेपाल र चीनबीच सीमाङ्कन भएको देखिन्छ । त्यसक्रममा नेपाल र चीनबीच केही भू–भाग लेनदेन भएको छ ।
नेपालको केही भू–भाग चीनतर्फ र चीनको केही भू–भाग नेपालतर्फ आएको छ । चीनबाट नेपालतर्फ २ हजार १३९ वर्गकिलोमिटर र नेपालबाट १ हजार ८३६ वर्गकिलोमिटर भू–भाग
चीनतर्फ पर्न गएको देखिन्छ । पुराङरडोङपासहितको ८६० वर्गकिलोमिटर क्षेत्र चीनबाट नेपालतर्फ पर्न आएको तथ्यांकमा छ भने नेपालबाट चीनतर्फ २८७। ५० वर्गकिलोमिटर जमिन चीनतर्फ गएको छ ।
पछिल्लो समय उत्तरी छिमेकी मुलुक चीनसँगको सीमाना नाम्खा गाउँपालिका ६ लिमी लाप्चामा नेपाली भूमीमा समेत चिनीया निगरानी बढेको छ ।
तिब्बती शब्द ‘लिमे’ बाट अपभ्रंश भएर ‘लिमि’ बनेको हो । लिमेको अर्थ तिब्बती भाषामा दुई वस्ती जोड्ने भू–भाग अर्थात क्षेत्रका रुपमा जनाउँछ । लिंक खोला र गेउ स्याक्च्या खोलालाई जोड्ने भू–भागमा वस्ती भएकाले त्यसलाई लिमे भनिएको पौराणीक मान्यता छ । पछि नेपालीमा अपभ्रंस हुदैं लिमि भएको स्थानीय जानकारी बताउँछन् ।
लिमिको टाक्चीमा एक कोट दरबार छ । टाक्चीको डाँडोको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेट्न सकिन्छ । कोटको माथि कुनाको छेउमा बौद्ध गुम्बा छ । परापूर्व कालमा तिब्बत क्षेत्रमा गुम्बाबाट सरकार वा राजकाज चलाउने व्यवस्था थियो । सोही अनुसार तिब्बतबाट आएका शाशकहरुले त्यही गुम्बा र दरबारबाट तत्कालिन लिमि क्षेत्रमा शाशन चलाउने गरेका रहेछन् । पहिले कोट दरबार, गुम्बाको बीचबाट बगेर आएका दुई नदिको बीचमा लिमे हालको लिमि वस्ती थियो । पछि शासन व्यवस्था परिवर्तन भएर दरबार र गुम्बा दुवैको प्रभाव कम हुँदै गएपछि लिमे वस्ती पनि त्यहाँबाट सरेको देखिन्छ ।
शुरुमा एकै गाउँमा भएको लिमे वस्ती अहिले तिल, जाङ र हल्जीमा सरेपछि लिमिका रुपमा परिचित भएको नाम्खा गाउँपालिकाका ६ का वडाध्यक्ष पाल्जोर तामाङ बताउछन् ।
